

१४
Shares
काठमाडौंः आजदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिएको छ।



कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा महाधिवेशनस्थल खुलामञ्च आसपास विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको हो।
उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डप परिसरमा समेत केही सवारीसाधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले जानकारी दिए।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट तथा जनसम्पर्क समितिमार्फत ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्।






