FLASH NEWS

कांग्रेसलाई बालेनको व्यंग्य– ‘नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएछ’

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
  • २२

    Shares

कांग्रेसलाई बालेनको व्यंग्य– ‘नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएछ’

काठमाडौँ :  प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रयोग गरिएको खुलामञ्चलाई लिएर कांग्रेसप्रति व्यंग्य गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सम्पन्न भएपछि प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत कांग्रेसलाई लक्षित गर्दै लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

खुलामञ्चमा कांग्रेसले महाधिवेशन आयोजना गरेको प्रसंगलाई लिएर प्रधानमन्त्री शाहले उक्त टिप्पणी गरेका हुन्। नेपालको पुरानो तथा ऐतिहासिक पृष्ठभूमि बोकेको दल नेपाली कांग्रेसलाई उनले ‘नयाँ पार्टी’को संज्ञा दिँदै गरेको टिप्पणी अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

महाधिवेशनको उद्घाटन तथा बन्दसत्रका क्रममा कांग्रेसका नेताहरूले वर्तमान सरकारको कार्यशैली, सुशासन र सेवा प्रवाहका विषयमा आलोचना गरेका थिए। कांग्रेसका नेताहरूले मञ्चबाट सरकारको आलोचना गरेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएको देखिन्छ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा लामो समय अतिक्रमण र पार्किङको चपेटामा परेको खुलामञ्चलाई खाली गराएर व्यवस्थित बनाउने अभियानमा शाह सक्रिय थिए। अहिले पुनर्निर्माणपछि सोही खुलामञ्चमा राजनीतिक दलका कार्यक्रम तथा महाधिवेशन आयोजना हुन थालेको प्रसंगलाई जोड्दै उनले कांग्रेसमाथि टिप्पणी गरेका हुन्।

कांग्रेसभित्र पछिल्लो समय देखिएको नेतृत्व परिवर्तन र महाधिवेशनपछिको राजनीतिक गतिविधिलाई संकेत गर्दै प्रधानमन्त्री शाहले पुरानो दललाई ‘नयाँ पार्टी’ भनेको उनको टिप्पणीबाट देखिन्छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस