२३०
Shares
३० साउन,धादिङ : संघीय संसद तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुदै पाण्डेले नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनैपनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो।



प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्था के छ भनेर पनि संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् ।








