FLASH NEWS

आफ्नै भतिजि बलात्कार गरेको आरोपमा काका पक्राउ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १४, आईतबार (२ साल अघि)
  • ६७५

    Shares

आफ्नै भतिजि बलात्कार गरेको आरोपमा काका पक्राउ

धादिङ,१४ साउन       आफ्नै भतिजि बलात्कार गरेको आरोपमा धादिङमा काका पक्राउ परेका छन्।

१७ वर्षीया भतिजिलाई बलात्कार गरेको आरोपमा शनिबार ३६ वर्षीय काका पक्राउ परेका हुन् ।

बाबुले आमाको हत्या गरेपछि बाबु जेलमा रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि सँगै बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिएकी छिन्।

मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनु भयो ।

शनिबार आरोपितलाई पक्राउ गरी आईतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको प्रहरी उपरिक्षक (एसपी) मिश्रले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस