FLASH NEWS


आजदेखि धादिङको थाक्रे ,नीलकण्ठ र सिद्धलेकका विद्यालयहरु बन्द

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २९, सोमबार (१ साल अघि)
  • ५६५

    Shares

आजदेखि धादिङको थाक्रे ,नीलकण्ठ र सिद्धलेकका विद्यालयहरु  बन्द

धादिङ,२९ जेठ २०८० ।     लामो समय देखि गर्मी बढेपछि धादिङमा पनि बिद्यालयहरु बन्द हुन् थालेका छन् ।
जिल्ला बिभिन्नका स्थानिय तह हरुले सूचना जारी गर्दै आफ्ना पालिका भित्ररहेका बिद्यालय बन्द गर्न अनुरोध गरेको छ । आईतबार थाक्रे गाउँपालिकाले आजैदेखी असार १ गतेसम्म बिद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।गाउँपालिकाको निर्णय अनुसार वर्षे बिदाबाट कट्टा हुने गरी अध्यापन नगर्न र नगराउन आग्रह गरेको छ ।
गाउँपालिकाले सम्पूर्ण शिक्षक,बिद्यार्थी र अभिभावकलाई गर्मी एवम लु बाट बच्न साबधानी अपनाउन अनुरोध गरेको छ। यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाले पनि बिद्यालय बन्द गराएको छ । भने
नीलकण्ठ नगरपालिकाले पनि एक सूचना जारी गरेर अत्याधिक गर्मीका कारण वालवालिकाको विद्यालयको कक्षा कोठामा हुने सिकाई क्रियाकलपमा अवरोध सृजना भएको सरोकारवालाहरुबाट गुनासो आएपछि नगरपालिका मातहतका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले आजदेखी ३२ गतेसम्म बिद्यालय बन्द गर्न अनुरोध गरेको छ ।
त्यसैगरी सिद्धलेक गाउँपालिकाले पनि अत्याधिक बढेको गर्मीबाट विद्यालयमा पठनपाठन गराउन समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी आजदेखी ३२ गतेसम्म बिद्यालय बन्द गर्न सुचना जारि गर्दै अनुरोध गरेको छ ।
साथै गाउँपालिकाले बालबालिकालाई दिउँसोमा घर बाहिर निस्कन नदिन,रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्न, पोषणयुक्त खाना खुवाउन ,जंकफुड तथा स्वास्थ्यलाई असर गर्ने खाना कुरा खान नदिन र स्वच्छ पानि पिउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
हाल देशका बिभिन्न स्थानमा गर्मी बढेपछि धमाधम बिद्यालयहरु बन्द गर्न थालिएको छ। स्थानिय तहहरुले विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी हाललाई विद्यालय बन्द गर्न निर्देशन दिईरहेका छन्।
गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् । गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित हुन थालेका छन् ।
गर्मीका कारण बालबालिकाहरु बिरामी नपरुन भनेर बिद्यालयहरु बन्द गरिएको पालिका हरुले जनाएका छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस