FLASH NEWS

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण नगर्न थाक्रे–६ को अनुरोध

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १३, बुधबार (२ घण्टा अघि)
  • ५९

    Shares

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण नगर्न थाक्रे–६ को अनुरोध

तस्वीर AI

धादिङ:  थाक्रे गाउँपालिका वडा नं. ६ कार्यालय, महादेवबेँसीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिराजन्य, सुर्तीजन्य तथा लागुऔषधजन्य पदार्थ बिक्री–वितरण नगर्न सम्बन्धित सबै व्यवसायीलाई सूचना जारी गरेको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार वडा क्षेत्रभित्र सञ्चालित होटल, रेष्टुरेन्ट, चिया पसल, खाजा घर, क्याफे, मदिरा बिक्री पसल, किराना पसल लगायत सबै व्यवसाय तथा पसलहरूले १८ वर्षमुनिका बालबालिकालाई मदिरा, चुरोट, सुर्ती, खैनी तथा अन्य लागुऔषधजन्य पदार्थ बिक्री–वितरण गर्न वा गराउन नपाइने जनाएको छ।
सूचनामा प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्ता पदार्थ बिक्री–वितरण गर्नु कानुनविपरीत कार्य हुने उल्लेख गर्दै उल्लङ्घन गर्ने व्यवसायीलाई कानुनबमोजिम दण्ड, सजाय तथा जरिवाना हुने र पटक–पटक अटेर गरेमा व्यवसाय दर्ता तथा इजाजतपत्र (लाइसेन्स) समेत रद्द हुन सक्ने चेतावनी दिइएको छ।
वडा कार्यालयले सबै व्यवसायी, अभिभावक, बालबालिका तथा समुदायका सदस्यहरूलाई १८ वर्षमुनिका बालबालिकालाई मदिराजन्य, सुर्तीजन्य तथा लागुऔषधजन्य पदार्थको पहुँचबाट टाढा राख्न सहयोग गर्न हार्दिक अनुरोध गरेको थाक्रे ६ का वडा अध्यक्ष हिराबहादुर थापा ( राजेन्द्रले टोलटोलको खबर लाई जानकारी दिनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस