FLASH NEWS

ज्योति माध्यमिक विद्यालयमा नमूना निर्वाचन सम्पन्न, अनुप रेग्मी विद्यालय प्रमुखमा निर्वाचित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ६, शनिबार (२ घण्टा अघि)
  • ३१

    Shares

ज्योति माध्यमिक विद्यालयमा नमूना निर्वाचन सम्पन्न, अनुप रेग्मी विद्यालय प्रमुखमा निर्वाचित

धादिङ, असार ५ : विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले ज्योति माध्यमिक विद्यालयमा नमूना निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।           विद्यालयमा आयोजित निर्वाचनमार्फत विद्यालय प्रमुख, उपप्रमुख, कक्षा प्रमुख तथा उपकक्षा प्रमुख पदका लागि मतदान गरिएको थियो। निर्वाचन प्रक्रियाबाट विद्यालय प्रमुखमा अनुप रेग्मी तथा उपप्रमुखमा आमोष बिसुन्के निर्वाचित भएका छन्।
विद्यालयले लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण प्रस्तुत गर्दै सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। निर्वाचन प्रक्रियामा उम्मेदवारहरूले आफ्ना योजना तथा प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले आफ्नो मताधिकार प्रयोग गरी नेतृत्व चयन गरेका थिए।
विद्यालय प्रशासनले निर्वाचन प्रक्रियामा सहभागी सम्पूर्ण उम्मेदवारहरू, मतदाता विद्यार्थीहरू, शिक्षक–शिक्षिकाहरू तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन, सहकार्य, जिम्मेवारीबोध तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मान बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता सिर्जनात्मक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस