FLASH NEWS

वाग्मतीमा राप्रपाका तीनसहित ६ नवनियुक्त मन्त्रीद्धारा शपथ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ५, शुक्रबार (५६ मिनेट अघि)
  • Shares

वाग्मतीमा राप्रपाका तीनसहित ६ नवनियुक्त मन्त्रीद्धारा शपथ

वाग्मती प्रदेशमा किरण थापामगर नेतृत्वको नयाँ सरकारमा ६ नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँ मन्त्रिपरिषद्‌मा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

वाग्मती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको हो । गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त भएका छन् ।

यस्तै, भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् । यता, ज्ञानबहादुर तामाङले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् । वाग्मतीमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा नयाँ सरकार गठन भएको हो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस