FLASH NEWS

सेतीदेवी माध्यमिक विद्यालयमा एसईई मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई एक सम्मान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ३०, शनिबार (१ घण्टा अघि)
  • २६

    Shares

सेतीदेवी माध्यमिक विद्यालयमा एसईई मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई एक सम्मान

थाक्रे: धादिङको थाक्रे गाउँपालिका–६ रानीबारीस्थित सेतीदेवी माध्यमिक विद्यालयमा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

कार्यक्रममा एसईई २०८२ मा गाउँपालिकामै प्रथम हुन सफल विद्यार्थीसहित २४ जना विद्यार्थीलाई कदरपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ। उत्कृष्ट नतिजा हासिल गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। साथै, आईसीडीसी नेपालको सहयोगमा सात जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष हिराबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो । गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल विशेष अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, पूर्व वडा अध्यक्ष, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने अतिथिहरूले सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरित गरेका थिए। उनीहरूले गुणस्तरीय शिक्षाको विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस