FLASH NEWS

थाक्रे १० मा कागति खेती प्रबिधि तालिम सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ माघ २५, शुक्रबार (१ साल अघि)
  • ७८५

    Shares

थाक्रे १० मा कागति खेती प्रबिधि तालिम सम्पन्न

धादिङ:    थाक्रे १० मा कागति खेती प्रबिधि तालिम सम्पन्न भएको छ।
थाक्रे गाउँपालिका वडा नं १० कार्यालयकाे आयाेजना र आधुनिक कृषि सहकारी संस्था लि.काे समवन्यमा धादिङको थाक्रे गाउपलिका १० काे सामुदायिक भवनमा कृषकहरुका लागी कागती खेती वारे प्राविधिक ज्ञान दिने उदेश्य ले यहि माघ २३ गते सुरु भएकाे तालिम २४ गते सम्पन्न भएकाे छ ।

वडा नं १० का ४० जना कृषकहरुकाे सहभागीता रहेको तालिम मा १ओ का वडा अध्यक्ष गाेकुल प्रसाद लामिछाने र आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष विनाेद पाैडेलकाे उपस्थिति रहेको तालिमममा सहभागी कृषकहरुलाई १/१ थान कागती काे हागा काटछाट गर्ने औजार ( सिकेचर) नि: शुक्ल प्रदान गरिएकाे थियाे ।

कृषकहरुलाइ उक्त सिकेचर वडाले व्यबस्थापन गरेकाे थियाे । तालिममा प्रशिक्षण कृषि अधिकृत राजेन्द्र रुपाखेती ले गर्नु भएकाे थियाे भने तालिम पश्चात् सहभागी कृषकलाई सहकारीले प्रमाणपत्र प्रदान गरिएकाे सचिव स्वारिका सुवेदीले जानकारी दिनुभयाे ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस