FLASH NEWS

धादिङबेशीमा निजामती सेवा दिवसको अवसरमा ३७ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
  • ४४१

    Shares

धादिङबेशीमा  निजामती सेवा दिवसको अवसरमा ३७ जनाले गरे रक्तदान

निजामती सेवा दिवस २०७९ को अवसरमा बुधबार धादिङको  धादिङबेशीमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

बुधबार कर्मचारी मिलन केन्द्र धादिङको आयोजना तथा धादिङ अस्पतालको सहकार्यमा धादिङ अस्पताल परिसर रक्त संचार सेवा केन्द्र धादिङको भवनमा भएको रक्तदान कार्यक्रममा ७ महिला र ३० पुरुष गरी ३७ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनु भयो  ।

बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म संचालन  भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

फोटो Dhading sanchar .com

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस