FLASH NEWS

धुनिवेशी नगरपालिकामा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम संचालन हुदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)
  • ८५९

    Shares

धुनिवेशी नगरपालिकामा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम संचालन हुदै

धुनिवेशी: धादिङको धुनिवेशी नगरपालिकामा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम हुुने भएको छ ।
नगरपालिकाको विभिन्न तिन स्थानमा २ दिने तालिम हुन लागेको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनु भयो ।
पुर्वाधार निर्माणका कारण वातावरण, सामाजिक पक्ष तथा अन्य क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्ने उपायबारेको तालिम नगरपालिकाको सँयोजन तथा रुरल ईन्फास्टक्चर एण्ड म्यानेज्मेन्ट कन्सल्टेन्टको आयोजनामा हुन लागेको हो ।

तालिम मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोलामा यहि भदौ २५ र २६ गते, धुनिवेशी बहुमुखी क्याम्पस पुरनडाँडामा भदौ २७ र २८ गते र नगरपालिकाको भवन जुगेडीमा भदौ ३० र ३१ गते हुन लागेको छ ।

वातावरणविद् दिनेश घिमिरेले सहजिकरण गर्ने तालिममा जनप्रतिनिधी, कर्मचारी, शिक्षक, क्याम्पसका विद्यार्थी, निर्माण व्यवसायी, इन्जिनियर तथा प्राविधिक, वन, कृषी, खानेपानी लगायतका उपभोक्ता समिती, सहकारी सँस्था, स्थानिय क्लब, गैह्रसरकारी सँस्थाका प्रतिनिधीलाई सहभागी हुन अनुरोध गरिएको छ ।

सहभागीका लागि तल दिईएको नम्बरमा सम्पर्क गर्न सकिन्छ :

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस