FLASH NEWS

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २२, शनिबार (१ साल अघि)
  • ३८५

    Shares

नेकपा एमालेले  बोलायो संसदीय दलको बैठक

२२ असार,२०८१:  नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो।
प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

नेपाली कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने हुनु भएको छ । यही सन्दर्भमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बर्तौलाले जानकारी दिनु भयो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस