FLASH NEWS

६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको सुझाब ,३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो माग दाबी

  • टोलटोलको खबर
  • सुरक्षा/अपराध
  • प्रकाशित मिति:
  • २०८० भाद्र २७, बुधबार (२ साल अघि)
  • ५१६

    Shares

६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको सुझाब ,३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो माग दाबी

२७ भाद्र, २०८०     प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सुझाव दिएको छ ।
बुधवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउन लागेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीहरु मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताउनु भयो । उहाँले फरार मध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका उल्लेख गर्नुभयो ।

उहाँले सबैजनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको बताउनु भयो । उहाँले अनुसन्धानका क्रममा तस्करहरुले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको बताउनु भयो । उहाँले योजनावद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताउनु भयो । उहाँले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताउनु भयो । उहाँले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको बताउनु भयो । उहाँले सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको बताउनु भयो ।

प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताउनु भयो । उहाँले पक्राउ परेकाबिरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘४२ जना टिमले ३५ दिनसम्म अनुसन्धान गरेर आज ६० केजी सुन काण्ड मुद्धाको जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन सहित पेश गर्ने तयारीमा छौं । सुन काण्डमा देखिएका टेक्निकल पाटोहरुलाई हेरेर अनुसन्धानलाई अझ बढी वैज्ञानिक ढङ्गले हेर्ने हिसावले अनुसन्धानको क्रममा ४२ जनाको टिमलाई पनि टेक्निकल टिम भनेर राखौं । अनुसन्धान टिमले बनाएर काम गरियो । ६० केजी भन्सार ऐन अन्तरर्गत अवैध सुन पैठारी तथा संगठित अपराधमा मुद्दा लग्यौं ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार कारबाही हुनेछ । मुलुकी ऐन अपराध संहिता २०७४ र नेपाल नागरिकता ऐन २०६३ अनुसार कारबाही हुने छ । राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०५० अनुसार पनि कारबाही हुनेछ । जसमा ३२ जना व्यक्तिहरु पक्राउ परेका छन् । ३२ जनामा २३ जना नेपाली र ९ जना विदेशी नागकिहरु संलगन रहेको छन् ।

१८ जना फहार रहेका छन् । जसमा १४ जना विदेशी र ४ जना नेपाली रहेका छन् । रेडिटे«ड लिंकबाट आयात गरिएको सुन ६० केजी रहेकामा पछि सबैतिरबाट संकलन गर्दा ३ सय दुई किलो देखिएको छ । ३०२.६२ किलो सुन हंकङबाट ल्याएको देखिएको छ । ३०२.६२ केजी सुनको अहिलेको मूल्यमा मूल्याङ्कन गर्दा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा दर्ता गराउँदै छौं । पक्राउ परेको चाइनिज समूहले पाँच वटा कम्पनीहरु खडा गरेर अन्य सुनहरु ल्याएको पनि देखिएको छ । अहिले रेडिटे«ड लिंकबाट ल्याएको सुनलाई मात्रै अनुसन्धानमा राखेका छौं । अन्य सुनको अनुसन्धान गर्न बाँकी छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरुको विषयमा थप अनुसन्धान गर्दैछौं । सुनको रकम भुक्तानी डिजिटल रुपमा गरेको देखिएको छ ।’

सिआइबीले पक्राउ परेको चाइनीज समूहले पाँच वटा कम्पनीहरु खडा गरेर अन्य सुनहरु ल्याएको देखिएको जनाएको छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरुको विषयमा थप अनुसन्धान गरिने प्रमुख बजाचार्यले बताउनु भयो । उहाँले सुनको रकम भुक्तानी डिजिटल रुपमा गरेको देखिएको पनि बताउनु भयो । सिआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अवलम्वन भएको बताएको छ । फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो । सुन तस्करीमा चिनियाँ नागरिकहरुको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ ।

चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबीले बताएको छ । अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ । हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेका पनि सिआइबीले जनाएको छ । सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरुले दुईवटा समूह बनाएको देखिएको छ ।

हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पु¥याउने गरेका अनुसन्धानका क्रममा खुलेको छ । युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस