FLASH NEWS

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र २६, मंगलबार (२ साल अघि)
  • ४३१

    Shares

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

२६ भाद्र ,२०८०।  संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।

दुई छोराहरू विदेशमा रहेको र उहाहरू भोलिसम्म आइपुग्ने भएकाले बिहीबार अन्त्येष्टि गर्न लागिएको एमालेले जनाएको छ।

उहाको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उहाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने बताइएको छ ।

नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उहाको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरिसकेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले बिहीबार सार्वजनिक बिदा हुनेछ। घरकै शौचालयमा लडेका नेम्वाङलाई राति १:३० बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका थिए।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस