FLASH NEWS

एसईईमा सैद्धान्तिकतर्फ ३५ अङ्क नल्याए ‘नन ग्रेडेड’ हुने

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० अषाढ १९, मंगलबार (२ साल अघि)
  • ३३१

    Shares

एसईईमा सैद्धान्तिकतर्फ ३५ अङ्क नल्याए ‘नन ग्रेडेड’ हुने

१९ असार,२०८०।    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ ।
साेमवार बसेको बोर्डकाे बैठकले पहिलेकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।
यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने पनि शर्माले बताउनुभयो ।
एसईईकाे नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बुधवार बोर्ड बैठक डाकिएको छ । सकेसम्म बिहीवार यदि प्राविधिक कारण नसकेमा शुक्रवार नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताउनुभयो । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गएकाे चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी रहेका थिए ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस