FLASH NEWS

प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १८, बिहिबार (२ साल अघि)
  • ६३२

    Shares

प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

जेठ १८, २०८० धार्के ।      धादिङको धुनिबेशी ६ धार्केमा रहेको प्रभु बैंकले ज्योति माध्यमिक विद्यालयका बिधार्थीलाइ शैक्षिक सामाग्री वितरण गरेको छ । प्रभु बैंक धार्के शाखाले थाक्रे ९ मा रहेको ज्योति माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उक्त सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यपक सहदेब रेग्मीको साथमा प्रभु बैंकको धार्के शाखाका प्रमुख प्रविन कोइरालाले विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत शिक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरिएको धार्के शाखाका प्रमुख प्रविन कोइरालाले टोल टोलको खबर लाइ जानकारी दिनु भयो । बैंकले बिगतका दिनहरुमा पनि यस्ता बिभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका काम हरु गर्दै आइरहेको छ। आगामाी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने कोइरालाले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस