FLASH NEWS

प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ फागुन ३, बुधबार (३ साल अघि)
  • ३९२

    Shares

प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

धार्के ।  धादिङको धुनिबेशी ६ धार्केमा रहेको प्रभु बैंकले केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । प्रभु धार्के शाखाले थाक्रे १० मा रहेको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सामाग्री वितरण गरेको हो ।स्कुल झोला तथा अन्य स्टेशनरी सामानहरु लगायत शैक्षिक सामाग्रीहरु थाक्रे १० का वडाका अध्यक्ष गोकुल प्रसाद लामिछाने, विद्यालयका प्रधानाध्यपक सहदेब गजुरेलका साथमा प्रभु बैंकको धार्के शाखाका प्रमुख प्रविन कोइरालाले विद्यार्थीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु
भरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत शिक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरिएको धार्के शाखाका प्रमुख प्रविन कोइरालाले बबताउनु भयो । बैंकले आगामाी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस