FLASH NEWS

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १५, आईतबार (३ घण्टा अघि)
  • २४

    Shares

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

धादिङ:  भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट घरबार गुमाएर गजुरी गाउँपालिका–६ रातमाटे होल्डिङ सेन्टरमा बस्दै आएका बाढीपीडित परिवारका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

सहयात्री समाज नेपालको आयोजना, इज्रा एडको सहयोग, गजुरी गाउँपालिकाको समन्वय तथा धादिङ अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ११४ जनाले स्वास्थ्य सेवा लिएका छन्। सेवा लिनेमा ७३ महिला र ४१ पुरुष रहेका छन्। शिविरमा ३५ बालबालिका र अपांगता भएका चार जनाको समेत स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा बालरोग, स्त्रीरोग, सामान्य चिकित्सा, हाडजोर्नी, जनरल सर्जरी तथा दन्त परीक्षण सेवा प्रदान गरिएको थियो। साथै भिडियो एक्सरे, ईसीजी, प्रयोगशाला परीक्षण, मनोविमर्श र निःशुल्क औषधि वितरण गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका १० जनालाई अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको सहयात्री समाज नेपालकी कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो।

धादिङ अस्पतालका डा. धर्मेन्द्र सापकोटाको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो।

बाढीले घर तथा सम्पत्ति गुमाएपछि रातमाटे होल्डिङ सेन्टरमा हाल ३७ परिवार आश्रय लिएर बसिरहेका छन्। अस्थायी आवासमा बस्दै आएका बाढीपीडितलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस