FLASH NEWS

थाक्रे गाउँपालिकाले विद्यालय समय, जंक फुड र दिवा खाजाबारे नयाँ व्यवस्था लागू गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र २७, शनिबार (१ घण्टा अघि)
  • ५०

    Shares

थाक्रे गाउँपालिकाले विद्यालय समय, जंक फुड र दिवा खाजाबारे नयाँ व्यवस्था लागू गर्ने

थाक्रे,धादिङ : धादिङको थाक्रे गाउँपालिकाले गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यालय समय, जंक फुड निषेध तथा दिवा खाजासम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले भदौ २४ गते सम्पन्न प्रधानाध्यापक बैठकको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न सूचना जारी गरेको हो।
गाउँपालिकाका अनुसार नियमित कक्षा सञ्चालन बिहान १० बजेदेखि सुरु गर्नुपर्नेछ। नियमित कक्षा सुरु हुनुअघि गरिने राष्ट्रिय गान, पीटी तथा अन्य सह–शैक्षिक क्रियाकलापहरू भने बिहान १० बजेभन्दा अगावै सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, विद्यालय परिसर तथा विद्यालय क्षेत्रलाई पूर्ण रूपमा जंक फुड निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गरिने भएको छ। विद्यालयभित्र जंक फुडको बिक्री–वितरण तथा उपभोगमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न गाउँपालिकाले निर्देशन दिएको छ। यसको प्रभावकारी कार्यान्वयन नभए सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुने जनाइएको छ।

दिवा खाजाका सम्बन्धमा विद्यालयले विद्यार्थीका लागि नियमित रुटिन (समय तालिका) तथा विद्यालय दिवा खाजा प्रारूप, २०८१ अनुसार विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराई अनिवार्य रूपमा प्रकाशन तथा कार्यान्वयन गर्नुपर्नेछ। साथै दिवा खाजा तथा खाजा व्यवस्थापनसम्बन्धी विवरण शिक्षा, युवा तथा खेलकुद शाखामा जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ।
गाउँपालिकाले यी व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी अनुशासित, स्वस्थ तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग गर्न सम्पूर्ण विद्यालय, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, जनप्रतिनिधि तथा अभिभावकहरूलाई आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस