५३
Shares
धार्के: धादिङको धुनिबेशी नगरपालिका–६, धार्के बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी धुनिबेशी नगर समितिको आयोजना तथा जिल्ला समितिको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।



रक्तदान कार्यक्रममा कुल १३५ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमध्ये १३० जना पुरुष र ५ जना महिला रहेका छन्।
रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने बताएका थिए। कार्यक्रममा स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार संकलित रक्तले आवश्यक परेका बिरामीहरूलाई उपचारका क्रममा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदानका लागि समुदायलाई प्रेरित गर्ने विश्वास गरिएको छ।






