FLASH NEWS

मल अभावको चर्चा, गजुरीमा भने ३ लाख ३४ हजार केजीभन्दा बढी युरिया मल मौज्दात

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २९, सोमबार (१० घण्टा अघि)
  • ४८

    Shares

मल अभावको चर्चा, गजुरीमा भने ३ लाख ३४ हजार केजीभन्दा बढी युरिया मल मौज्दात

धादिङ: धादिङसहित देशका बिभिन्न क्षेत्रमा रासायनिक मलको चरम अभाव रहेको चर्चा भइरहेका बेला गजुरीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा ठूलो परिमाणमा रासायनिक मल मौज्दात रहेको पाइएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीले सार्वजनिक गरेको विवरणअनुसार हाल ३ लाख ३४ हजार ७५० किलोग्राम युरिया, १ लाख २४ हजार १०० किलोग्राम डीएपी, २ हजार ९ सय किलोग्राम पोटास तथा ५२ हजार ९ सय किलोग्राम कृषि चुन मौज्दात रहेको छ।

कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने तयारी भइरहेको छ।

असार महिनामा धान रोपाइँ तीव्र भइरहेका बेला पर्याप्त मात्रामा युरिया मौज्दात रहेकाले किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले जिल्लामा मल अभाव देखिनुको मुख्य कारण मौज्दातको कमी नभई वितरण प्रणालीको कमजोरी रहेको बताउनुभयो।

उहाँका अनुसार मल वितरणको जिम्मेवारी पाएका सहकारी तथा विक्रेताले बिक्री विवरण अनलाइन प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट नगर्नु, कृषि सामग्री कम्पनीबाट समयमै मल नउठाउनु तथा स्थानीय तहबाट आवश्यक सहजीकरण नहुनुजस्ता कारणले मल अभाव भएको जस्तो अवस्था सिर्जना भएको हो।

सांसद श्रेष्ठले जिल्लाको आवश्यकताअनुसार पर्याप्त मल उपलब्ध रहेको दाबी गर्दै वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले किसानहरू प्रायः युरिया मलको मात्रै बढी खोजी गर्ने, तर बालीका लागि आवश्यक अन्य प्रकारका मलको प्रयोग र माग अपेक्षाकृत कम हुने गरेकाले युरियाको अभाव बढी महसुस हुने गरेको पनि उल्लेख गर्नुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस