






२८
Shares
काठमाडौं : प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकास, राष्ट्रिय हित तथा एडीबीले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री बनेलगत्तै कान्दाले सामाजिक सञ्जाल एक्समार्फत नेपालको विकासका प्राथमिकतामा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा सोमबार उक्त ऋण दुईवटा विकास आयोजनामा लगानी गर्ने उद्देश्यले लिने सम्झौता सम्पन्न भएको हो।
सम्झौतापत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।









