FLASH NEWS

नवज्योती बचत तथा ऋण सहकारी संस्थाको २०औँ स्थापना दिवसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २९, सोमबार (१ घण्टा अघि)
  • ४२

    Shares

नवज्योती बचत तथा ऋण सहकारी संस्थाको २०औँ स्थापना दिवसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धार्के:   नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २०औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष केशव प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष रामशरण आचार्य, विशिष्ट अतिथि तथा संस्थाका पूर्व अध्यक्ष अर्जुन आचार्य, विशेष अतिथि रामचन्द्र आचार्य लगायत संस्थाका पदाधिकारी, पूर्व पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाको स्थापना कालदेखि विभिन्न समयमा योगदान पुर्‍याएका पूर्व सञ्चालक समिति सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, संस्थाले विगतदेखि हालसम्म गरेका गतिविधि, उपलब्धि तथा विकासक्रमका बारेमा जानकारी गराइएको थियो।

संस्थाका व्यवस्थापक हरि हर लुइटेलले संस्थाको स्थापना, विभिन्न चरणमा नेतृत्व सम्हाल्ने पदाधिकारीहरू तथा सहकारीले हासिल गरेका महत्वपूर्ण उपलब्धिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले संस्थाको २० वर्षे सफल यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको भिडियो हेर्नुहोस:

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस