





५०
Shares



थाक्रे : एकिकृत सामुदायिक विकास अभियान (ICDC), नेपालले एक्सनएड नेपालसँगको साझेदारी र थाक्रे गाउँपालिका सँगको समन्वय तथा सहकार्यमा संचालन भइरहेको स्थानिय अधिकार कार्यक्रम मार्फत थाक्रे गाउँपालिका वडा नं. २, बाह्रकिलोमा २०८३ जेठ ३१ गते देखि संचालन भएको १५ दिने फेल्ट/ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम आज एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको छ ।
कार्यकमको समापन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिममा २९ जना स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । तालिममा राजेन्द्र चौधरी र तुलसा देवी गुरागाईंले प्राविधिकको रुपमा प्रशिक्षण गराउनु भएको थियो । उत्पादन भएका ऊनका हस्तकलाका सामाग्रीहरु स्थानीय तथा बिदेशमा निर्यात हुने बताइएको छ ।
तालिम समापनको अवसरमा सहभागिको तर्फबाट साइली राई, पम्फा राई, र सविता राईले आफ्नो भनाई राख्नुभएको थियो । त्यस्तै प्रशिक्षक राजेन्द्र चौधरी र तुलसा देवी गुरागाईं, एकिकृत सामुदायिक विकास अभियान नेपालका कार्यक्रम संयोजक उत्तम तिमिल्सिना, थाक्रे गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टिकाराम तामाङ्ग, थाक्रे गाउँपालिकाको पुर्व उपाध्यक्ष अम्बिका रुपाखेती र थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यले आफ्नो भनाईहरु राख्नु भएको थियो । तालिमका सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।







