FLASH NEWS

थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ १५, सोमबार (२ घण्टा अघि)
  • ६०

    Shares

थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

धादिङ: थाक्रे गाउँपालिकाद्वारा सञ्चालित महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना अन्तर्गत वार्षिक समीक्षा कार्यक्रम धार्केस्थित पाथिभरा होटलमा सम्पन्न भएको छ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका वडा नं. ८, ९ र १० का प्रत्येक महिला आत्मनिर्भर समूहबाट ५/५ जनाका दरले प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा परियोजनाअन्तर्गत वर्षभरि सञ्चालन भएका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको उपस्थिति रहेको थियो। साथै पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नं. २ का वडा अध्यक्ष टिकाराम तामाङ तथा वडा नं. ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यलगायत जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले महिला आत्मनिर्भर समूहहरूले स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा महिलाको आयआर्जन, उद्यमशीलता तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले परियोजनाको प्रभावकारिता बढाउन समूहहरूको सक्रियता, पारदर्शिता र संस्थागत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो। सहभागीहरूले पनि आफ्ना अनुभव, सिकाइ र आगामी सुधारका सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमले महिला आत्मनिर्भर समूहबीच अनुभव आदान–प्रदान, संस्थागत विकास तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निष्कर्षसहित समापन भएको आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस