FLASH NEWS

थाक्रेमा लैङ्गिक हिंसा (GBV) नीति तथा रिफरल प्रणाली सम्बन्धी तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ३१, आईतबार (२ महिना अघि)
  • ३६७

    Shares

थाक्रेमा लैङ्गिक हिंसा (GBV) नीति तथा रिफरल प्रणाली सम्बन्धी तालिम सुरु

थाक्रे : थाक्रे गाउँपालिकाको आयोजनामा तथा ICDC Nepal र ActionAid को सहकार्यमा लैङ्गिक हिंसा  नीति तथा रिफरल प्रणाली सम्बन्धी सरोकारवालाहरूका लागि तीनदिने तालिम सञ्चालन गरिएको छ।
स्थानीय अधिकार कार्यक्रम (LRP-43) अन्तर्गत आयोजित उक्त तालिममा  सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य लैङ्गिक हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा प्रवाह तथा प्रभावकारी रिफरल प्रणालीमार्फत पीडितलाई आवश्यक स्वास्थ्य, कानुनी, मनोसामाजिक र संरक्षण सेवामा सहज पहुँच सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ। GBV सम्बन्धी तालिमहरूले सरोकारवालाको क्षमता अभिवृद्धि गर्दै पीडितलाई उचित सेवा र सहयोगमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययन तथा कार्यक्रमहरूले देखाएका छन्।
कार्यक्रममा लैङ्गिक हिंसाका प्रकार, रोकथामका उपाय, पीडितको गोपनीयता, सुरक्षित रिफरल प्रक्रिया तथा स्थानीय तहको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। साथै, “हिंसाको अन्त्य, पीडितमैत्री न्याय” भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबै सरोकारवालाले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिइएको थियो।
सचेतनामूलक तथा क्षमता विकास कार्यक्रममार्फत लैङ्गिक हिंसामुक्त, सुरक्षित र समावेशी समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, हिंसाबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउन रिफरल प्रणालीलाई प्रभावकारी बनाइने प्रतिबद्धता समेत जनाएको छ।

उक्त तालिमको सहजीकरण कर्ण बहादुर  नेपालीले गरिरहनु भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस