FLASH NEWS

आज यी स्थानमा पानि पर्ने सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ३०, शनिबार (२ घण्टा अघि)
  • २७

    Shares

आज यी स्थानमा पानि पर्ने सम्भावना

काठमाडौं: कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा शनिबार सामान्यदेखि आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राति पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस