













७२
Shares
धादिङ : यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामकुमार सुवेदी सर्वसम्मत रूपमा चयन हुनुभएको छ। त्यसैगरी समितिका सदस्यहरूमा पूजा थापा, सरस्वती थापा तथा सुनिल खड्का सर्वसम्मत रूपमा चयन हुनुभएको विद्यालयले जनाएको छ।
यसैगरी, विद्यालयको शिक्षक अभिभावक संघ को अध्यक्षमा दिपकप्रसाद लामिछाने सर्वसम्मत रूपमा चयन हुनुभएको छ। नवगठित कार्यसमितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।









