












३२
Shares
थाक्रे : महाकालेश्वरी माध्यमिक विद्यालय मा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तथा शिक्षक अभिभावक संघ गठन प्रयोजनार्थ अभिभावक भेला एवं SEE ग्रेडेड विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ।




जेठ ५ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा रामकुमार आचार्य रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रेम बहादुर थापा ले गर्नुभएको थियो। कार्यक्रममा दुर्गा देवी खड्का लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा SEE परीक्षामा उत्कृष्ट ग्रेड हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, अभिभावकको सक्रिय सहभागिता तथा सामुदायिक सहकार्यको आवश्यकता औंल्याएका थिए।
विद्यालयका प्रधानाध्यापक मुकुन्द थापा ले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको टोलटोलको खबर लाइ जानकारी दिनु हुदै विद्यालयको समग्र विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।







