
१५२
Shares
धादिङ जिल्लाका मुख्य बजार र चोकहरूमा लागुऔषध विरुद्धको विशेष सचेतनामूलक सडक नाटक प्रदर्शन हुने भएको छ । डियरवाक धादिङ स्कुलका विद्यार्थीहरूले “नो मिन्स नो” सडक नाटकमार्फत समुदायमा लागुऔषध दुर्व्यसनले पार्ने घातक असरहरूबारे सन्देश प्रवाह गर्न लागेका हुन् । लागुऔषधको जालोमा परिरहेका युवा पुस्तालाई सचेत गराउन र ’नाइँ’ भन्न सक्ने क्षमताको विकास गराउन यो नाटक जिल्लाका विभिन्न ९ स्थानमा मञ्चन गरिने स्कुलका प्रिन्सिपल निर्मल पौडेलले बताउनु भयो।



दुई दिने प्रदर्शनको विस्तृत तालिकाः
चैत १ गते (पहिलो दिन) :
गजुरीः बिहान ९ः०० देखि १०ः१० बजेसम्म
गल्छीः बिहान १०ः५० देखि दिउँसो १२ः०० बजेसम्म
महादेवबेंसीः दिउँसो १ः०० देखि २ः१० बजेसम्म
नौबिसे चोकः दिउँसो २ः४० देखि ३ः५० बजेसम्म
खानीखोलाः बेलुका ४ः१० देखि ५ः२० बजेसम्म
चैत २ गते (दोस्रो दिन):
धादिङबेंसीः बिहान ९ः३० देखि १०ः४० बजेसम्म
मलेखुः बिहान ११ः२० देखि दिउँसो १२ः३० बजेसम्म
सिम्लेः दिउँसो २ः०० देखि ३ः१० बजेसम्म
धार्केः दिउँसो ३ः४० देखि ४ः५० बजेसम्म
पछिल्लो समय युवा वर्गमा बढ्दै गएको कुलतलाई रोक्न विद्यालयले रचनात्मक माध्यम रोजेको स्कुलका प्रिन्सिपल पौडेलको भनाई छ । डियरवाक धादिङ स्कुलले विभिन्न सरकारी तथा गैह्रसरकारी सँस्था, सञ्चारमाध्यम लगायतसँगको समन्वयमा सडक नाटकमार्फत सचेतना जगाउने बताएको छ ।






