







१२५
Shares
इजरायल र अमेरिकाको हमलापछि इरानले मध्यपूर्वी देशमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण जारी राखेपछि नेपालले ती देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ । यो निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इजरायल गरी १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको हो ।



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन निर्देशन दिएको हो । सरकारले मध्यपूर्वी देशहरू साउदी अरेबिया, युएई, कतार, कुवेत, ओमान, इराक, यमन, जोर्डन, लेबनान, इराक, टर्की र इजरायलको श्रम स्वीकृति स्थगन गरेको हो । विषम परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।






