FLASH NEWS

आजको मौसम कस्तो रहनेछ ?

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १९, सोमबार (३ महिना अघि)
  • २२७

    Shares

आजको मौसम कस्तो रहनेछ  ?

काठमाडौं :   नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।

सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। महाशाखाले हिमाली भू‍-भागमा साधारणतया बादल र बाँकी भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरेको छ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जसकारण ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने बताइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस