
४७
Shares
धादिङ : नेपाल पत्रकार महासंघ धादिङ शाखाद्वारा स्थापना गरिएका चार वटा पत्रकारिता पुरस्कारबाट धादिङ जिल्लाका चार जना पत्रकार सम्मानित भएका छन्।
राजेन्द्र प्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारी, सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट राजन अधिकारी तथा शालिक राम वर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रामबहादुर ठकुरी ‘आशिष’ सम्मानित हुनुभएको हो।



पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघकेन्द्रका अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरू लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले निष्पक्ष, जिम्मेवार र समाजप्रति उत्तरदायी पत्रकारिताको आवश्यकता औँल्याउँदै पत्रकारहरूको योगदानको उच्च मूल्याङ्कन गरेका थिए।






