
४५
Shares
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लाग्नु भएको हो ।



परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११:३० बजे जापान प्रस्थान गर्नुहुने छ ।उहा भ्रमण माघ १८ देखि २१ गतेसम्म रहनु हुने छ ।
भ्रमणका क्रममा माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता हुने कार्यक्रम छ। सोही दिन जापानका प्रधानमन्त्रीसँग पनि भेट हुने तय छ। माघ १९ गते राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने छ ।
त्यसैगरी, जापानी व्यापारिक समुदायसँग भेटघाट तथा टोकियोस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा पनि राष्ट्रपति सहभागी हुनुहुने छ । भ्रमणमा उहाकी पत्नी सविता पौडेल र उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी रहनेछन्। राष्ट्रपति पौडेल माघ २१ गते काठमाडौं फर्किने कार्यक्रम छ।






