FLASH NEWS

थाक्रे–६ महादेबबेशीमा नसर्ने रोग रोकथामबारे समुदायस्तरीय पैरवी बैठक सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १६, शुक्रबार (४ घण्टा अघि)
  • ७९

    Shares

थाक्रे–६ महादेबबेशीमा नसर्ने रोग रोकथामबारे समुदायस्तरीय पैरवी बैठक सम्पन्न

धादिङको थाक्रे गाउँपालिका–६ महादेबबेशीस्थित स्वास्थ्य चौकीमा समुदायस्तरमा नसर्ने रोगको रोकथाम, नियमन तथा त्यसबाट हुने असरको न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय तहसँग पैरवी बैठक सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा थाक्रे गाउँपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रम महादेबबेशी स्वास्थ्य चौकीकी प्रमुख झर्ना केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा थाक्रे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल अधिकारी, थाक्रे–६ की वडा सचिव अनिता पौडेल, महादेबबेशी स्वास्थ्य चौकीकी डा. सीता भण्डारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, महिला समूह, स्वास्थ्यकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि पौडेलले नसर्ने रोगको बढ्दो जोखिम, त्यसको रोकथामका उपाय, नियमनको आवश्यकता तथा त्यसबाट समाज र व्यक्तिमा पर्ने असरको न्यूनिकरणबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस