FLASH NEWS

केबलपुर स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाको अर्धवार्षिक/वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ९, शुक्रबार (४ घण्टा अघि)
  • ९८

    Shares

केबलपुर स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाको अर्धवार्षिक/वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१० मा अवस्थित केबलपुर स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अर्धवार्षिक तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।


८ गते र ९ गते सञ्चालन भएको उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूले आ–आफ्नो कार्यक्षेत्रमा गरेका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्दै अनुभव साटासाट गरेका थिए।
कार्यक्रममा नियमित खोप, सुरक्षित मातृत्व, पोषण, परिवार नियोजन, सरसफाइ तथा समुदायस्तरमा गरिएको स्वास्थ्य सचेतनासम्बन्धी कार्यहरूको बारेमा विस्तृत छलफल गरिएको जनस्वास्थ्य निरीक्षक झुमा मोक्तानले टोलटोलको खबर लाई जानकारी दिनुभयो।
कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई थप प्रभावकारी बनाउने तथा आगामी दिनमा समुदायस्तरको स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस