
५३
Shares
धादिङ : नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको निर्वाचन केन्द्रित बैठक सम्पन्न भएको छ। बैठकमा सभापति रामनाथ अधिकारी तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार कृष्ण रिजाल र क्षेत्र नं. २ का उम्मेदवार रमेशप्रसाद धमलाले पार्टी एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।



बैठकले निर्वाचन तयारीलाई केन्द्रमा राख्दै सबै तहका कार्यसमितिबीच समन्वय र सक्रियता बढाउने निर्णय गरेको छ। साथै सभापति रामनाथ अधिकारीको संयोजकत्वमा १ हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला कार्यसमितिका सचिव विकास श्रेष्ठले जानकारी दिनुभयो।






