धादिङ: धादिङको कृष्णभीर नजिकै ज्यामिरेघाटमा गएराति पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ।
वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि बीपी, कान्ति र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति र भैँसे–भीमफेदी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै सवारी चलाउन दिइनेछ।