FLASH NEWS

धादिङ–१ मा नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डेको उम्मेदवारी दर्ता

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ६, मंगलबार (६ महिना अघि)
  • ३९१

    Shares

धादिङ–१ मा नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डेको उम्मेदवारी दर्ता

धादिङ :  धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट राजेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको छ।

सुभेच्छुक, शुभचिन्तक तथा नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय गल्छी पुगेर पाण्डेले मनोनयन दर्ता गराउनु भएको हो।
पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। तत्कालीन समयमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष ररहनु भएका पाण्डे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनबाट उम्मेदवार भन्नु भएको थियो।

यस पटक भने नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उहाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस