FLASH NEWS

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोनाम ल्होसार पर्वको शुभकामना व्यक्त

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ५, सोमबार (६ महिना अघि)
  • ३४६

    Shares

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोनाम ल्होसार पर्वको शुभकामना व्यक्त

काठमाडौँ :     राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नु भएको छ।
उहाले सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भन्नु भएको छ , ‘तामाङ समुदायको महान पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नु भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस