FLASH NEWS

आज सोनम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ५, सोमबार (३ महिना अघि)
  • २७४

    Shares

आज सोनम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ : तामाङ समुदायले आज २८६२औँ सोनम ल्होसार हर्षोल्लासका साथ मनाउँदैछ। पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको अवसरमा तामाङसहित हिमाली बौद्ध समुदायले नयाँ वर्षको स्वागत गरेका हुन्।

अनुसन्धाता टीका शेर्पाका अनुसार ल्होसार १२ वर्षे चक्रमा पशुपन्छीको नामबाट गणना गरिन्छ। सोनम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ।

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा सोनम ल्होसार मनाउने परम्परा छ। यस दिन घरघरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद लिने, शुभकामना आदान–प्रदान गर्ने तथा तरुल र फापरका विभिन्न परिकार खाने चलन छ।

ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम राखेको छ भने स्वयम्भू क्षेत्रमा पनि विभिन्न कार्यक्रममार्फत सोनम ल्होसार मनाइँदैछ।

सोनम ल्होसारको अवसरमा आज सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस