FLASH NEWS

धुनिवेशी–५ मा १५ दिने पञ्चेबाजा बजाउने तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ४, आईतबार (६ महिना अघि)
  • ५९१

    Shares

धुनिवेशी–५ मा १५ दिने पञ्चेबाजा बजाउने तालिम सुरु

धुनिवेशी :   धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा १५ दिने पञ्चेबाजा बजाउने तालिम सुरु भएको छ। उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजनामा सुरु भएको तालिमको शनिबार उद्घाटन गरिएको हो।

तालिमको उद्घाटन धुनिवेशी नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण आचार्यले ब्यानर पढेर गर्नुभएको थियो। माघ १७ गतेसम्म सञ्चालन हुने तालिममा साने नेपालीसहितको समूहले प्रशिक्षण प्रदान गर्नेछ भने १८ जना सहभागी रहेका छन्।
उद्घाटन कार्यक्रममा नगरप्रमुख आचार्यले नगरपालिका सिपमूलक तथा रोजगारमुखी तालिमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै सहभागीहरूलाई तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो।

यस्तै, उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख तथा कार्यक्रमका अध्यक्ष चुडामणी पुरीले कार्यालयले जिल्लाका विभिन्न स्थानमा हस्तकला तथा सिपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराईको विशेष आतिथ्यता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस