FLASH NEWS

नवज्योती बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष १३, आईतबार (३ घण्टा अघि)
  • ६६

    Shares

नवज्योती बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

धार्के:   धादिङको धुनिवेशी नगरपालिका–६ धार्केमा रहेको नवज्योती बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारीले आफ्नै सभाहलमा साधारण सभा आयोजना गरेको हो।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष केशवप्रसाद रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी सचिव पुरुषोत्तम आचार्यले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुष्पराज रेग्मीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जगन्नाथ अधिकारीले लेखा सुपरिवेक्षण प्रतिवेदन तथा गायत्री अधिकारीले महिला उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत सबै प्रतिवेदनहरू सभाका सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्।

वि.सं. २०६३ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा हाल महिला ७२० जना, पुरुष १,५८८ जना र संस्थागत ५ गरी जम्मा २,३१३ जना सदस्य रहेका छन्। कार्यक्रममा सहकारीले उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने बचतकर्ता तथा बाल बचतकर्तालगायतलाई सम्मान गरेको संस्थाका प्रबन्धक हरिहर लुइँटेलले जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य प्रमुख अतिथिका रूपमा रहनु भएको थियो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष अर्जुन आचार्य र धुनिवेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटाको विशेष आतिथ्यता रहेको थियो। साथै थाक्रे गाउँपालिका–९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्यसहित विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक तथा संस्थाका उपाध्यक्ष कृष्णकुमार हमालले जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस