FLASH NEWS

धुनिवेशी नगरपालिकाको १७औं नगरसभा सम्पन्न, ९५ करोडको बजेट पारित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ११, बुधबार (१ हप्ता अघि)
  • १३९

    Shares

धुनिवेशी नगरपालिकाको १७औं नगरसभा सम्पन्न, ९५ करोडको बजेट पारित

धादिङ : धादिङको धुनिवेशी नगरपालिकाको नगरसभा तथा १७ औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा पेश भएका प्रस्तावहरु माथी छलफल सहित पारित भएको हो। १७ औं नगर सभाले आर्थिक वर्ष २०८२÷०८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।

नगरपालिका प्रमुख बालकृष्ण आचार्यले सभा सामु पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले पास गरेको हो । नीति तथा कार्यक्रम विभिन्न नारालाई समेटिएको छ । जस्तै “धुनिवेशी नगरपालिकाको सम्वृद्धिको अधार, शिक्षा,स्वास्थ्य, कृषि,पर्यटन र व्यापार सहितको पृर्वाधार ” कृषि तथा पशुपालन क्षेत्र विस्तार’ ’एक वडा एक उत्पादन’ जेष्ठ नागरिक सेवा जस्ता विषय बस्तु नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रमले फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

त्यसै गरी नगर सभामा नगर उपप्रमुख सुरज उप्रेतीले ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको आगामि आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ ।
नगरले आर्थिक विकास तर्फ ६ करोड १३ लाख, सामाजिक विकास तर्फ ३१ करोड ७१ लाख ३५ हजार ६ सय ८ रुपैयाँ,पूर्वाधार विकास तर्फ ३८ करोड ४२ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ५२ लाख र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १७ करोड ४२ लाख बजेट क्षेत्रगत रुपमा प्रस्तुत गरिएको छ ।

नगरले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगरपालिका निर्माणको योजना अघि सारेको जनाएको छ। न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेट सक्षम र समावेशी भएको नगर उपप्रमुख उपे्रती बताउँनु भयो।

नगरसभा तथा १७ औँ अधिवेशन कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस