FLASH NEWS

थाक्रे ५ मा आचार बनाउने तालिम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ १५, बिहिबार (६ दिन अघि)
  • १५८

    Shares

थाक्रे ५ मा आचार बनाउने तालिम सम्पन्न

धादिङ :    धादिङको थाक्रे गाउँपालिका वडा नं. ५, मा ४ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। वडा कार्यलयको बिनियोजित ८० हजार बजेट बाट महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा नं. ५ को महिलाहरूको लागि ४ दिने व्यवसायिक अचार बनाउने तालिम दिन समापन गरिएको वडाका वडा अध्यक्ष सन्त बहादुर तामाङले बताउनु भयो।

आइतबार ११ गते देखी सुरु भएको तालिम १४ गतेसम्म सन्चालन भएको थियो । वडाले सन्चालन गरेको उक्त अचार बनाउने तालिममा आफुहरु पनि सहभागी हुनपाउदा खुसी भएको सहभागीहरुको भनाइ छ।

अचार बनाउने तालिमका प्रशिक्षक रजनी लामाले गाउँमा पाइने अर्गानिक उत्पादनको प्रयोग गरेर अचार बनाइएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थको प्रयोग गरेर बिभिन्न किसिमका अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

यस्तै समापन कार्यक्रममा शुभकामना मनतब्य राख्नु हुदै थाक्रे गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के सीले वडाले निकै राम्रो काम गरेको बताउदै धन्यवाद दिनु भयो। यस्ता तालिमले महिलाहरुको आयआर्जनको बाटो खुलेको र महिला हरुले आफ्नै घरमा पाइने कच्चापदार्थको प्रयोग गरेर बिभिन्न किसिमका अचार बनाइ बेचेर आय आर्जन गर्न सकिने बताउनु भयो। उहाले यस्ता कामकालागि आफुहरुले पालिका बाट दिने कुनै पनि सेवामा कन्जुसाई नगर्ने के सिको भनाइ छ।

उक्त कार्यक्रममा वडाका जना प्रतिनिधिहरु ,पालिकाका महिला बालबालिकाक शाखाका प्रमुख कमला पन्ती ,स्थानिय लगायतको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस