FLASH NEWS

जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन सक्दैन : पद्मा अर्याल

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १८, सोमबार (१० महिना अघि)
  • ६७०

    Shares

जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन सक्दैन : पद्मा अर्याल

धादिङ:   नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी गर्नुभएको छ ।
राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भर्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताउनुभयो ।

गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रबृत्ति विरुद्ध नेकपा एमाले धादिङले गल्छी स्थित महेशदोभानमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै नेता अर्यालले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने स्पष्ट पार्नुभयो ।
जनसभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको पछाडी सति जान लागेको धारण राख्नुभयो । चैत १५ गते भएको आन्दोलनको सम्पूर्ण जिम्मा पुर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै नेकपा एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठीले अँध्यारो मन पराउने तत्वहरुले देशमा भ्रमको खेती गरिरहेको बताउनुभयो । ईतिहास कहिल्यै नर्फकने भन्दै त्रिपाठीले उज्यालोसोच्नु समेत गलत भएको बताउनु भयो

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस