FLASH NEWS

कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २०, बुधबार (३ महिना अघि)
  • २१६

    Shares

कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस