





५६
Shares
|????????????????????????????????????????????????????????
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य बढाइएको जनाएको हो।



नयाँ मूल्यसूचीअनुसार डिजेल तथा मट्टीतेलमा प्रतिलिटर रु ३० ले वृद्धि गरिएको छ भने हवाई इन्धनमा प्रतिलिटर रु ५ ले वृद्धि गरिएको छ। संशोधित मूल्यअनुसार डिजेल/मट्टीतेलको प्रतिलिटर मूल्य रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनुका साथै इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार समायोजन गर्दा पनि निगम अझै घाटामा रहेको दाबी गरिएको छ। लागत मूल्य उच्च र बिक्री मूल्य न्यून भएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर रु २.३२, डिजेलमा रु ८७.९९, मट्टीतेलमा रु ३६.७० तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु ३३१.२५ घाटा रहेको निगमले जनाएको छ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार पाक्षिक रूपमा करिब रु ७ अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको उल्लेख गरिएको छ।






