FLASH NEWS

खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न,८७ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २५, बुधबार (३ महिना अघि)
  • ४०४

    Shares

खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न,८७ जनाले गरे रक्तदान

धादिङ : धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोलामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘रक्तदानः मानवताको सान’ भन्ने मूल भावनालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा कुल ८७ जनाले आफ्नो अमूल्य रगत दान गरेका छन्।
लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा २७ जना महिला र ६० जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका हुन्।

कार्यक्रम सफल बनाउन अल्फामेड क्लिनिकले प्रायोजन गरेको थियो भने हिमाल ब्लड बैंकले प्राविधिक सहयोग प्रदान गरेको थियो। प्राविधिक टोलीको सक्रियतामा रक्त संकलन कार्य व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
रक्तदान जस्तो पुण्य कार्यमार्फत आकस्मिक अवस्थामा रगत अभावका कारण ज्यान गुमाउने अवस्थालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, यस्तो कार्यक्रमले समाजमा मानवता, सहयोग र सहकार्यको भावना विकास गर्न थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्ण रक्तदाताहरू, सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस